११ पुस २०८१, बिहीबार

भारतीय तरकारीको हालिमुहाली : नेपाली भारतीय भन्दा महँगो मुख्य कारण

कता हरायो कृषि मन्त्रालय ? यसतर्फ ध्यान खोई ?


तरकारी पसल

नवलपरासी । हाम्रो देशमा उत्पादन हुन सक्ने तरकारीमध्ये भेण्टा, करेला, मटर, टमटर राजमा, सिम्ला मिर्च, आलु, काक्रा आदि छिमेकी मुलुक भारतबाट आएको देखिन्छ । आज केहि तरकारी पसलको निरिक्षणको क्रममा यो कुरा पत्ता लागेको थियो ।

यस्ता वस्तुको उत्पादन नेपालमा प्रशस्त हुन सक्ने भएतापनि कसैले यसतर्फ ध्यान दिन नसक्नु व्यक्ति भन्दा समग्र कृषि क्षेत्र नै कमजोर भएको सरकाले यसतर्फ ध्यान दिन नसकेको देखिन्छ ।

नेपाली उत्पादनले बजार लिन नसक्नुको प्रमुख कारण नेपाली उत्पादन महँगो भएको र उपभोक्ताले खरिद गर्न नसकेको कुरा तरकारी पसलबाट पत्ता लागेको छ । यस्ता विषय उपर सरकाले चासो दिन नसक्नु दु:खद छ ।

हामीले यस विषयमा केही पसललाई सोधेको उत्तरमा तरकारी उत्पादन हुन्छ तर नेपाली तरकारीले बजार लिन सकेको देखिनन् । हामीले यस विषयमा नेपाली तरकारी र भारतीय तरकारीको भाउ बुझ्ने गरेकोमा नेपाली तरकारी मटर भारतबाट आएको रुपैया ८०/- छ भने नेपाली १००/- रुपैया होलसेल देखिन्छ ।

कृषकले उत्पादन गरेको तरकारीले बजार पाउन नसक्नु महंगो भएको हुनसक्ने हाम्रो अनुमान छ । कृषकले तालिम लिन्छन् सरकाले तालिम दिन्छन् तर बजारको अवस्थाबारे भने त्यति ध्यान नदिएको देखिन्छ । यदि भारतबाट आउने तरकारीमाथि रोक लगाउन सके तरकारीको माग बढ्नुको साथै नेपाली उत्पादनले बजार पाउन सक्ने थियो भन्नुहुन्छ तरकारी व्यापारी मानबहादुर महतो ।

अर्कोतर्फ बजारमा भाडामा बस्ने तरकारी व्यवसायीहरूको जनगुनासा के के छन् भन्ने विषयमा हामीले बुझ्दा गाउँबाट आउने तरकारी बिक्री गर्दा नगरपालिकाले यसको दरभाउ तोकी बिक्रेतालाई दिने व्यवस्था मिलाई दिन सके राम्रो हुने कुरा तरकारी व्यवसायीको छ । यसतर्फ नगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।

तरकारी पसल

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !