८ पुस २०८१, सोमबार

७५ हजार बाख्रालाई पिपिआर खोप


बाख्रा

बैतडी । बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो ।

शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो ।

राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !