७ मंसिर २०८१, शुक्रबार

कान खोलेर सुने हुन्छ, अहिलेकै समीकरण ०८४ सम्म जान्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य २०८४ सम्म हुने बताएका छन् ।

काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहने दावी गरेका हुन् ।

“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !