९ चैत्र २०८२, सोमबार

यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भइरहेको छ ।

दिउँसो

देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

राती

देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !