३ चैत्र २०८२, मंगलबार

गुण्डु पुगेर राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन् । 

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !