१७ फाल्गुन २०८२, आइतबार

चुनाव भाड्न लागेको भन्दै दुर्गा प्रसाईं पुन: पक्राउ


दुर्गा प्रसाईं पुन: पक्राउ फाइल फोटो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पुन: पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।

उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए । प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।

आगामी फागुन २१ गते हुन् लागेको प्रतिनिधिसभाको निर्वाचन भाड्न लागेको भन्दै उनलाई पक्राउ गरिएको बताइएको छ । प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु