१८ चैत्र २०८२, बुधबार

एक सय ५५ औँ अक्षरयात्रा सम्पन्न


Nepalpatra

१७ असार, पोखरा । पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १५५ औँ श्रृंखला काहुँखोला पुगेको छ ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको यो श्रृंखला जनकल्याण समिति काहुँखोलाको समन्वयमा सम्पन्न भएको हो ।

‘जीवन र जगत्को यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारासहित हुँदै आएको अक्षरयात्रामा झन्डै दुई दर्जन स्रष्टाले सिर्जना वाचन गरेको गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले जानकारी दिनुभयो ।

साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात् गर्दै देशका विभिन्न ठाउँमा अक्षरयात्रा सम्पन्न गर्दै आएको बताउँदै उहाँले यस पटक स्रष्टाले असार १५ गतेसँग सम्बन्धित कविता सुनाएर स्थानीय जनकल्याण समितिको सभाहल रोमाञ्चक बनेको थियो ।

बढ्दो जनसंख्या र पूर्वाधारले पोखरा अस्तव्यस्त भइसकेको भन्दै काहुँखोलालाई जोगाउन कविले कवितामार्पmत आह्वान गरेका थिए । अक्षरयात्राका परिकल्पनाकारमध्येका एक प्रकट पगेनी ‘शिव’ले जनकल्याण समितिले सामाजिक काम गर्दै आएको भन्दै काहुँखोलालाई बचाउन पनि नेतृत्व लिन आग्रह गर्नुभयो ।

अक्षरयात्रामा रुपिन्द्र प्रभावी, कपिल शर्मा, हेमन्त हितैसी, सौगात पोखरेल, शंकर ज्ञवाली, प्राञ्जल, युवराज त्रिपाठी, सुदर्शन पौडेल, धर्मराज पौडेल, लक्ष्मी भट्टराईले सिर्जना वाचन गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !