२१ फाल्गुन २०८२, बिहिबार

सशस्त्र प्रहरीको गोली लागेर झापामा १ जनाको मृत्यु


गोली

झापा, भदौ १० । सशस्त्र प्रहरीको गोली लागेका झापाका १ जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर १ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !