२१ फाल्गुन २०८२, बिहिबार

करेन्ट लागेर मृत्यु


हेटौँडा, २ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटाँैडा– १० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !