४ जेष्ठ २०८१, शुक्रबार

अविरल वर्षासँगै हिमपात भएपछि आगो बालेरै वार्षिक परीक्षा सञ्चालन


मंसिर २७, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा बिहानैदेखि अविरल वर्षासँगै हिमपात भएपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको एक शिक्षकले जानकारी दिए । भारी हिमपातले थरथर काँमेर परीक्षार्थी लेख्न बाध्य भएका बताए ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको र सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !