१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा देखिएको वायु प्रदूषणवाट बच्न डा. पाण्डेले दिए यस्ता टिप्सहरु


वायु प्रदूषण

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।

वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराब समेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ ।

यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

काठमाडौंमा देखिएको वायु प्रदूषणवाट बच्न जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले दिए यस्ता टिप्सहरु

विश्वको नम्बर १ प्रदुषित काठमाडौंमा अहिले देखिएको घातक प्रभाव कम गर्नको लागि सरकार तथा नागरिकले होस्टेमा हैंसे गरौँ !

– कुनै पनि बस्तु जलाउने काम बन्द गरौँ ।
– ग्यासको प्रयोग कम गरौँ ।
– प्रयोग नभएको बेला बिद्युत बन्द गरौँ ।
– एसिको साटो पंखा प्रयोग गरौँ ।
– सबैले सवारीसाधन सकभर प्रयोग घटाऔं ।
– दाउरा, गुइठा आदि नबालौं ।
– बार्बिक्यु लगायत धुँवा आउने काम नगरौं ।
– स्कुल / कलेज १ हप्ता बन्द गरौँ ।
– यातायातमा जोरबिजोर प्रणाली लागु गरौँ ।
– प्लास्टिक कडाइका साथ नियन्त्रण गरौँ ।
– बगैचा आदिमा ब्लोअर लगायतका ग्यास पाउडर प्रयोग नगरौं ।
– अत्यावश्यक काम बाहेक घरमै बसौं ।
– दीर्घबिरामी तथा जेष्ठ नागरिक अनिबार्य रुपमा घरभित्र बसौं ।
– घरबाहिर जाँदा डबल मास्क प्रयोग गरौँ ।
– चुरोट / हुक्का सेवन नगरौं ।
– ग्यास स्टोभको प्रयोग नगरौं ।
– कुनै एलर्जी देखिएमा (आँखा चिलाउने / पोल्ने, छालामा चिलाउने, सास फेर्न गाह्रो हुने भएमा नजिकको स्वास्थ्य संस्थामा जाऔं ।

यो प्रदुषण केहि दिन रहन्छ । प्रदुषित हावामा भएका माइक्रो पार्टिकल फोक्सो तथा रक्ताप्रबाहमा जान सक्छन् । जसले गर्दा केहि समयपछि गम्भीर असर देखिन सक्छ ।

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !