११ पुस २०८१, बिहीबार

हामीले सोचेको सवै पुग्छ भन्ने रहेनछ


डा. राम बहादुर बोहरा

संसारमा सवै राम्रा र सवै नराम्रो भन्न मिल्दैन किनभने राम्रो मानिसमा पनि काहिँ न काहिँ खराबीपन लुकेको हुन सक्छ । संसार गोलो छ भने आकाश फराकिलो छ । फराकिलो आकाशमुनि बस्ने हरेक प्राणी एउटै रूपका छैनन् । हुन सक्छ कोहीको रूप रंग मिले पनि सवै नमिल्न् सक्छ ।

हिजो हामीले एउटा सपना देखेउ सपना थियो परिवर्तनको यदि हामीले राजालाई फाल्न सकेमा सवै बेरोजगार रहने थिएनौं । दिन दुनी र रात ४ गुना विकास गर्ने थियौँ भन्दै गरेका थियौं तर सपनाको महल त्यति बेला लथालिंग भयो जुनबेला रोजगार नभएर विदेश जानुपर्ने भयो ।

आज नेपालमा विकास नभएको होइन किनकि जब मानिस घरमा बस्छ र यसले केहि गर्दैन तब उसलाई केहि ठोक्कर खान विदेश लखडनु पर्छ । हो सरकारले यो अवसर अग्रेजी शिक्षा भित्राएर युवालाई नेपालमा नभएपनि विदेशमा जागिर गर्ने अवसर प्रदान गरेको छ ।

आज देशमा युवा कमजोर हुनुको फाइदा सवैले उठाएका छन् । देशले भन्दा विदेशीले झन उठाएका छन् ८ घण्टाको साटो १२ घण्टा लदाएर ।नेपालमा जागिर गर्ने युवालाई ८ को सट्टा १२ घण्टा काम गर भन्नेहो भने सायद कोही तयार नहुन सक्छन यो सरकारको कमजोरी होइन ।

काम गरेर कोही सानो हुदैन युवा एकैपटक करोडपति बन्न चाहन्छन् यसैको परिणाम विदेशमा गएर भोक्दैछन् । यहाँ मिलेर गर्ने हो भने सुन फलाउन सकिन्छ बेरोजगार मेट्न सकिन्छ ।

युवा जाग युवा नजागे यो देश बन्नेवाला छैन । यदि युवा जागे यो देश अवश्य बन्छ भन्नेमा हामी छौं । आज युवा पढेर पनि बेरोजगार छन् यसको असर परिवारमा पर्न सक्छ हरेक परिवारले खाई नखाई बच्चालाई शिक्षा दिएको हुन्छ ।

खाली बसेको छोरालाई केहि गरेन भन्नु स्वाभाविक हो । नेपालमा शिक्षा अन्तर्राष्ट्रिय स्तरको दिएको छ नेपालको लागि सुहाउँदो शिक्षा यसलाई मान्न सकिदैन । अल्पविकसित राष्ट्रको लागि कस्तो शिक्षाको खाचो छ भन्ने कुरामा सवै केन्द्रित रहेर काम गराउन सके मात्र देशले काचुली फेर्ने सम्भावना छ ।

आज देशमा बहुमतको सरकार हुँदा पनि जनताको हितमा केही हुन सकेन यो दु;खद हो । अबको चुनाव पार्दर्सि होला भन्ने आशा गर्न सकिदैन । नत बहुमत कसैको आउला भन्ने आशा नै गर्न सकिन्छ । हामी जे सोच्छौं त्यो सवै पुग्छ भन्ने रहेनछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !