काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन् । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आज आदेश दिएको थियो ।