काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा
काठमाडौँ । आज बिहानदेखि काठमाडाैँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।