सार्वजनिक संस्थान : २८ नाफामा, १५ घाटामा, दुई बन्द
काठमाडौँ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ प्रतिवेदनअनुसार सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन् । प्रतिवेदनअनुसार सार्वजनिक संस्थानमा सरकारको ठूलो लगानी देखिएपनि त्यसको प्रतिफल