संविधान कार्यान्वयन गरेर समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति पौडेल
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन आग्रह गरेका छन् । माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदान-प्रदानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने