डोटी । जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा