आज माघ १९ गते, राजा ज्ञानेन्द्रले ‘कू’ गरेको दिन
काठमाडौँ । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनव्यवस्था हातमा लिएको दिन । नेपालको इतिहासमा यसलाई कालो दिनको रूपमा लिइन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए ।