पश्चिम खण्डमा मध्यपहाडी राजमार्ग कालोपत्र
दैलेख । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो ।