गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुनेछ