पुष्पलाल : नेपाली साम्यवादका सूत्रधार
काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस आज बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड-१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।