रसुवा । जिल्लाको कालिका गाउँपालिकाअन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँका भूभागलाई सिञ्चित पार्न नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसाथ गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सहीरूपमा सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ