काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा जनप्रदर्शन एवं जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने बताइएको