२१ पुस, काठमाण्डौ । निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको