काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ । सीआईबीले सप्तरीको राजविराज–७ ठेगाना भएका नसिम अख्तरलाई गएराति चितवनबाट पक्राउ गरेको हो । अख्तरलाई चितवनबाट काठमाडौं ल्याइदैछ