फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो रहेको निवर्तमान प्रधानमन्त्रीको भनाइ
पेरिस, फ्रान्स, २० असार । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिनुभएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताउनुभएको हो