हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन
२० कात्तिक, बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ