गण्डकीमा सांसद सापकोटाको चर्चा
बलेवा । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले नेकपा(माओवादी केन्द्र)बाट मुख्यमन्त्री हुनुभएका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ । विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ ।