गाडी पाएपछि अलपत्र मजदूर धमाधम घर फर्किंदै
कास्की, १२ वैशाख । पोखरा–५ मालेपाटनमा बसेर सर्टिङको काम गर्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ का पदमबहादुर मगरलाई एक महिना लामो लकडाउनले बेचैन बनाएको थियो । सात÷दश दिनमा कोरोना सङ्क्रमण अन्त्य भएर पुनः काममा फर्किएला भन्ने आसमा बस्नुभएका उहाँ छिट्टै लकडाउन खुल्ने