पर्यटकीय नगर सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट
चितवन, १२ असोज । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो । जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् ।