३१ वैशाख, काठमाण्डौ । प्रदेश सांसद हरीशरण लामिछानेको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको छ । भक्तपुर क्षेत्र नं. २ (ख) एमालेवाट निर्वाचित सांसद लामिछाने सोमबार दिउँसो एक्कासी रक्तचाप बढेपछि केएमसीमा भर्ना गरिएको थियो ।