प्रधानन्यायधीशमा सुशीला कार्कीको नाम अनुमोदन
काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायधीशमा सुशील कार्कीको नाम अनुमोदन गरेको छ। आइतबार बसेको सुनुवाई समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको हो। संसदीय सुनुवाई समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए, जसमा तीन जना उजुरीकर्ता समिति मै उपस्थित भएका थिए।