काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी महन्थ ठाकुर पक्षीय मन्त्रीहरुलाई सातदिने स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् ।