हिउँदमा साँझको समयमा उद्योगको विद्युत् कटौती हुने
काठमाडौं । माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ । हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको