बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना कुनै पनि सांसदलाई कारबाही नगरेको स्पष्टोक्ति दिएको छ । लुम्बिनी प्रदेशसभाले जसपाको पत्रअनुसार प्रदेशसभा सदस्यबाट निस्कासन गरेको सूचना जारी गरेलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।