कोरोना संक्रमण आशंकामा लालपुर बन्द
गुलरिया, ३ जेठ । बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ ।