२४ जेठ, झापा । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ । सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उहाँ उमेर नहुँदै आमा बन्नुभयो ।