ढोरपाटन, बागलुङ । पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन। बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरका स्थानीय अन्धकारमा बस्न बाध्य छन्। विद्युत् सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन्। एक दशक अगाडिसम्म निसीवासी बर्खाको