माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनमा बसेको बताएका छन् ।