कात्तिक २२, ताप्लेजुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाम गठबन्धनका प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) केन्द्रका उम्मेदवार टंक आङबुहाङको घरमा कालोझण्डा गाडेको छ । ताप्लेजुङको साविक चाँगे गाविसमा रहेको आङबुहाङको घरमा बुधबार बिहान सो पार्टीका कार्यकर्ताले कालोझण्डा गाडेका हुन् ।