अमेरिकी चुनावः जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार निश्चित
वासिङ्टन, २५ जेठ । पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गर्नु भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उहाँको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ