७ असार २०८१, शुक्रबार

Tag: जलविद्युत् आयोजना

भारतको प्रस्ताव : महाकालीमा अर्को आयोजना बनाउँछौं

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको काम सुरु नहुँदै छिमेकी भारतले सीमा नदी महाकालीमा अर्को जलविद्युत् आयोजना बनाउन प्रस्ताव गरेको छ । नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी काली नदीको गर्वा तावाघाटमा एउटा जलविद्युत् आयोजना बनाउने प्रस्ताव गरेको हो ।