पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । पोखरा रङ्गशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ महिला तथा पुरुष