काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट