काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना