२६ पुस २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय तेक्वोन्दो निर्णायक–ढकाल


dipendra dhakal

९ असोज, काठमाडौं । तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक सेमिनारमा दिपेन्द्र ढकाल उत्तीर्ण भएका छन् । २०१८ जुलाई २० देखि जुलाई २३ सम्मको उक्सी जेड एक्स डिएफमा उत्तिर्ण भएका हुन् ।

ढकाल नेपाली सेनाका तेक्वान्दो खेलाडी हुन् । उनले २०५७ सालमा लालीगुँरास तेकवान्दो डोजाङबाट खेल जीवनको सुरुवात गरेका थिए । ढकालले २०६७ देखि आर्मी क्लबमा प्रबेश गरि तेक्वान्दो खेल खेलेका थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएर सफलता हासिल गर्दै आएका उनले २०७१ सालदेखि विभिन्न प्रतियोगिताहरुमा निर्णायकको भुमिका निर्वाह गरी हालसम्म दर्जनौं भन्दा बढी राष्ट्रिय खेलहरु सञ्चालन गरिसकेका छन् ।

उनले त्रिभुवन विश्व बिद्यालयबाट राजनीतिक शास्त्रमा मास्टर डिग्री सम्म गरेका छन् । ढकाल नेपाली सेनाबाट तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक बन्ने पहिलो व्यक्ति भएका छन् । उक्त सेमीनार मा नेपालबाट ६ जना सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !