२६ पुस २०८१, शुक्रबार

तेक्वान्दो खेलाडी बिदाइ


tok

११ भदौ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई आज बिदाइ गर्नुभएको छ ।

सभामुखको निवास वालुवाटारमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका खेलाडी टोलीलाई सभामुख महराले बिदाइ गर्नुभएको हो । सो अवसरमा सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्छ, तेक्वान्दोमा उच्च क्षमता प्रदर्शन गरी विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिङ्गो देशकै सफलता हुनेछ ।

विश्व तेक्वान्दो महासङ्घको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो प्रर्दशन प्रतियोगितामा नेपाल तेक्वान्दो सङ्घको टोली त्यसतर्फ लागेको हो । टोलीमा प्रशिक्षक मोहनप्रताप गुरुङसहित २० जना सहभागी छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !