७ असार २०८१, शुक्रबार

हंगेरीबिरुद्द ४-० फराकिलो जितसहित बेल्जियम क्वार्टरफाइनलमा


belguim team

१३ असार, २०७३:- युरोकप २०१६, इडेन हजार्डको प्रेरणामा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ। र, युरोकप २०१६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सोमबार विहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराकिलो जित हात पारेको हो ।

बेल्जियमका विंगर हजार्डले उत्कृष्ट गोल गरे । मध्यभागबाट पाएको पासमा उनले हंगेरीका दुई खेलाडीलाई छक्याए र उनीहरुकै बीचमा निकै सुन्दर गोल गरेका थिए ।

उसले खेलमा अग्रता भने १० औं मिनेटमा नै टोबी अल्डिवेरोल्डको गोलबाट लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफको अन्ततिर मात्र सम्भव भएको थियो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए ।

अब बेल्जियमले सेमिफाइनलमा पुग्न वेल्सको सामना गर्नु पर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !