१२ श्रावण २०८१, शनिबार

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य


नेपालले पीएनजीलाई दियो

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।

उक्त शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले आज मंगलबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले । नेपालका लागि कुशलले ५९ र सन्दीपले ५६ रन बनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !