१५ असार २०८१, शनिबार

नेपाललाई सिंगापुरले दियो १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य


नेपाललाई सिंगापुरले दियो १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । आइसिसी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज जारी उद्घाटन खेलमा सिंगापुरले नेपाललाई १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनायो ।

सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई-दुई विकेट लिए । नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !